मउवा संघको कार्यक्रममा चार पत्रकार पुरस्कृत
मकवानपुर, १५ पुस । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औँ वार्षिक साधरणसभाको अवसरमा शनिबार हेटौंडाका चार जना पत्रकार पुरस्कृत भएका छन् । साधारणसभाका न्यूज २४ का देवराज पन्तलाई आर्थिक गतिविधिको समाचार सम्प्रेशण गरेबापत संघले सम्मान गरेको छ भने हेटौंडा एफएमका विवश अधिकारी, अन्नपूर्ण पोष्ट संवाददाता कृष्ण सारु मगर, टिम टेलिभिजनका संवाददाता पुष्पराज अधिकारीलाई जनही १० हजार रुपैयााँ र प्रमाणपत्र प्रदान गरिएको छ ।
