मउवासंघको ५१ औं साधारणसभा जारी , निर्वाचनको रौनक अझैं तिब्र
मकवानपुर १५ पुस । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं बार्षिक साधारणसभा आज हेटौंडामा जारी छ । साधारणसभाले आसन्न पुस १७ गते हुने नयाँ कार्यसमितिको चुनावको तयारी अन्तिम चरणमा पुर्याउने छ ।
सधारणसभामा मउवा संघका वर्तमान अध्यक्ष राजकुमार न्यौपानले स्वागत मन्तव्यका साथै आफ्नो कार्यकालमा भएको उल्लेखनिय काम र आर्थिक बचतसमेतको खाका पेस गरीसकेका छन् । आफ्नो कार्यकालमा ४० लाख बचत भएको उनले बताएका छन् । कार्यक्रममा बोल्दै न्यौपानेले आफुहरुको योगदान मउवा संघमा रहिरहने समेत बताएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि एवं नेपाल उद्योग वाणिज्य महासंघकी केन्द्रीय अध्यक्ष भवानी राणाले पानसमा बत्ति बालेर कार्यक्रमको समुद्घाटन गरेकी हुन् । साथै आज कार्यक्रममा मउवा संघका अध्यक्षका दुवै उम्मेदवारहरुले आफ्नो धारणा राख्ने पनि स्रोतले जानकारी दिएको छ । आज साधारणसभा ,भोलि मनोनयन दर्ता र पर्सि निर्वाचन हुने पनि स्रोतको भनाई छ ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष उमेशलाल प्रधान ,उद्योगपति अरुणराज सुमार्गी ,उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल ,हेटौंडा सिमेन्ट उद्योगका रघुरमण न्यौपाने ,होटल एशोसिएसन मकवानपुरका अध्यक्ष भगिरथ सर्मा ,सांसद मुनु सिग्देल विरोध खतिवडा ,मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ का प्रतिनिधिसभा सदस्य कृष्ण दाहाल लगाएतको उपस्थिति रहेको थियो ।
