राप्रपा अध्यक्ष थापाले दिए राजिनामा
मकवानपुर, १४ पुुस । राप्रपा मकवानपुरका अध्यक्ष गणेश थापाले पदबाट राजिनामा दिएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष कमल थापालाई मकवानपुर १ बाट प्रतिनिधिसभा निर्वाचनमा जिताउन नसकेकोमा उनले नैतिकताको आधारमा राजिनामा दिएका हुन् । कमल थापाजस्तो राष्ट्रिय व्यक्तित्वलाई निर्वाचनमा विजयी गराउन नसक्नुलाई उनले दुखद् भनेका छन् ।
थापाले राजिनामा पत्र केन्द्रीय अध्यक्ष कमल थापालाई बुझाएको स्रोतले बताएको छ ।
