स्वास्थ्यमा नयाँ चुनौती थपिएका छन् : सचिव चौधरी

तु खबर संवाददाता
२०७४ पुष १४, शुक्रबार १८:१२

काठमाडौँ, १४ पुस । नवनियुक्त स्वास्थ्य सचिव डा पुष्षा चौधरीले देश संघीयतामा गएसँगै स्वास्थ्य क्षेत्रमा पनि नयाँ चुनौती थपिएको बताउनुभएको छ ।

आज मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले थपिएका नयाँ चुनौतीको सामना गरी अगाडि बढ्न सबैलाई मिलाएर लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “संघीयतामा कर्मचारी संयोजन गर्नुपर्नेछ, मन्त्रालयमा के कति विभाग महाशाखा निश्चित गर्नुछ,त्यसबाहेक स्वास्थ्यको बजेटलाई बढाउन पनि हामीले काम गर्नुपर्नेछ ।”

वि.स २०४८ मा मेडिकल अधिकृत आठौँ तहबाट सरकारी सेवा प्रवेश गर्नुभएकी स्त्रीरोग विशेषज्ञ सचिव चौधरीले यसअघि स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक, परिवार स्वास्थ्य महाशाखा र परोपकार प्रसूति गृहको निर्देशकको भूमिका निर्वाह गरिसक्नुभएको छ ।

विहीबारको मन्त्रिपरिषद्को बैठकले प्रमुख विशेषज्ञ डा चौधरीलाई सचिवमा बढुवा गरेको थियो ।-(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*