कुष्माण्ड सरोवरमा माघ महिनाभरि मकर मेला हुने
मकवानपुर, ९ पुस । कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समितीको आयोजनामा माघ महिनाभरि मकर मेला आयोजना हुने भएको छ ।
समितिले सरोकारवालाहरुसँग छलफल गर्दै समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेको संयोजकत्वमा ५ सय १ सदस्यीय मूल आयोजक कमिटि गठन गरेको छ । मेलालाई व्यवस्थित बनाउन कार्यसमितीका सदस्यहरुको संयोजकत्वमा १३ वटा उपकमिटी समेत निमार्ण गरिएको छ ।
प्रचारप्रसार उपसमितिको संयोजकमा तारा लामिछाने, सजावट समितिमा सुरज कुईकेल, विद्युत,माईक व्यवस्थापन उपसमितिमा शिवप्रसाद धिमाल, भान्छा तथा भण्डारण व्यवस्थापनमा कृष्ण नेपाल, अतिथी सत्कार व्यवस्थापनमा तिलकप्रसाद दुलाल, पुजा ब्यवस्थापनमा ज्ञानु कुवंर , भजनकिर्तनमा रामप्रसाद सुवेदी, प्रसाद वितरण व्यवस्थापनमा रुपा लुईटेल, संहिदा र स्वयंसेवक व्यवस्थापनमा कमल सापकोटा, सरसफाईमा हरि गौतम र सामान खरिदमा रामजी दाहाल रहेका छन् ।
समितिका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख रघुनाथ खुलाल, हेटौडा वडा नम्बर ९ का अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, १२ नम्बर वडाअध्यक्ष ललित घलानलगायत विभिन्न संघसंस्थाका प्रतिनिधी, राजनितिककर्मी, समाजसेवी, सञ्चारकर्मीलगायत सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
