कुलेखानी मार्खु झलमल्ल ,मानव वस्तीभने बत्तिमुनिको अध्यारो

तु खबर संवाददाता
२०७४ पुष ९, आईतवार ०८:५५

बलराम पुडासैनी

मकवानपुर ९ पुस । मकवानपुरको चर्तित पर्यटकीय स्तल हो कुलेखानी मार्खु । देशकै एकमात्र मानवनिर्मित ताल इन्द्रसरोवरसंग जोडिएको उक्त स्थानलाई आन्तरिक तथा वाह्य प्रर्यटन प्रर्वद्धनको केन्द्रको रुपमा चिनिन्छ । खासगरी मार्खु मकवानपुर जिल्लाको एउटा गाविस हो । अहिले गाँउपालिका प्रणालीको सुरुवात भएसंगै मार्खु ईन्द्रसरोवर गाँउपालिकामा पर्दछ ।
जिल्लामै रहेको पर्यटकीय गन्तव्य मनमोहक ताल वरिपरी डाँडाकाँडा साच्चै सबैको प्यारो छ मार्खु । मकवानपुरको कुलेखानी वा इन्द्रसरोवरको नामले चिनिने मानव निर्मित तालबाट कुलेखानी प्रथम ,कुलेखानी दोस्रो , साथै कुलेखानी तेस्रोबाट हाल बिद्युत उत्पादन गरीन्छ । नेपाल बिद्युत प्राधिकरणको ठुलो श्रोतको रुपमा रहेको कुलेखानीले पर्यटन प्रर्वद्धनमा निकैनै टेवा पुगेको देखिन्छ ।
कुलेखानीबाट करीब २५ मिनेटको बाटो पार गरेपछि मार्खुमा पुगिन्छ अनि मार्खुको चिसो हावा ,चउरनै ढाक्नेगरी आएका आन्तरीक तथा बाह्य पर्यटकहरुको रामरमाईलो चउरमै जोडिएको ठुलो ताल ,तालमा डुङ्गामा सवार गरीरहेका मानिसहरु । यस्ता दृष्यले जो कसैको मन ल्योभ्याउँछ ।
मार्खुमा दैनिक ५ हजार भन्दाबढि आन्तरीक तथा बाह्य पर्यटकहरुको आवागमन हुने गरेको स्थानियहरुको भनाई छ । स्थानिय बासिन्दा मिनबहादुर लामाको अनुसार अन्य दिनहरुको तुलनामा शनिवार मानिसहरुको बाक्लो उपस्थिति रहने गर्दछ । उनका अनुसार बर्षको ९ महिना जति मार्खुमा पर्यटकहरुको आवागमन हुने तर ३÷४ महिना बर्षाको समयमा भने तालमा पानिको मात्रा बढ्ने भएको कारण पर्यटकहरुको निकैनै कम आवागमन हुने गर्दछ ।
तालको माथिरहेको झुलुङ्गे पुलबाट तल हेर्दा जति रमाईलो हुन्छ त्यतिनै वरपर रहेका मानव वस्ती हेर्दा भने जोखिममा रहेको देखिन्छ । तालको केहि मिटर मात्र माथिरहेको मावन वस्ती भने बत्ती मुनीको अध्यारो बनेका छन् । बर्षामा पानिको मात्रा बढ्ने र घरको नजिकैसम्म पानि पुग्ने भएका कारण मानिसहरु बर्षाको समयमा भने चिन्तित हुने गर्दछन् । पहिरो खस्ने वा पानिले डुवाउने डर यहाँका स्थानिय वासिन्दाहरुलाई भईनैरहन्छ । त्यसकारण यहाँका जोखिममा रहेका घरहरुको पहिचान गरी सुरसक्षित वासस्तानको निर्माण गर्न सम्बन्धीत निकायको ध्यान जानु आवश्यक देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*