कृष्ण कटुवाल र महेन्द्र राउतको चर्चा  बजारभरी 

तु खबर संवाददाता
२०७४ पुष ८, शनिबार २१:१८

मकवानपुर ८ पुस । अहिले मकवानपुरमा मकवानपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका अध्यक्षका उम्मेदवार महेन्द्र राउत र कृष्णकुमार कटुवालका  विषयमा अत्याधिक चासो र छलफल भईरहेका देखिन्छन् ।  निर्वाचनमा निकैनै रोचक प्रतिस्पर्धा हुने अनुमान व्यवसायीहरुको  छ । दुवै उम्मेदवार आफ्नो आफ्नो योजना बोकेर व्यवसायीको घरदैलोमा पुगिरहेका छन् ।

बर्तमान बरिष्ठ उपाध्यक्ष कृष्ण कटुलालले योजनानै योजनाको भारी बोकेका छन् भने महासचिव महेन्द्र राउत पनि आफुलाई सक्षम र प्राविधिक रुपमा योेग्य उम्मेदवार मानिरहेका छन् । उनका पनि योजना भने कम छैनन् ।

चुनाव जित्नकोलागि दुवै उम्मेदवार कम्मर कसेर लागिरहेका छन्  साथै आश्वासन पनि बाढिरहेका छन् । दुवै पक्षमा मत बलियो देखिएको छ भने व्यवसायीहरुले पनि आफ्नो पक्षको उम्मेदवारले नै जित्छ भनेर भन्न सक्ने अवस्था छैन् ।

यहि पुस १५ र १६ गते मउवा संघको ५१ औं अधिवेशन  हुनेछ भने त्यसपछि १७ गते निर्वाचन हुने छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*