विदेशिएका नेपालीको वास्तविक कथा : चलचित्र ‘मन त परदेशी’

तु खबर संवाददाता
२०७४ पुष ६, बिहीबार १३:२२

मकवानपुर, ५ पुस । नेपाली कथा नै चलचित्र ‘मन त परदेशी’ टोलीले आज मकवानपुरको हेटौँडामा पत्रकार सम्मेलन गर्दै यही पुस १४ गतेदेखि चलचित्र प्रदर्शन हुन लागेको जानकारी दिएको छ ।

हामी जहाँ पुगे पनि जहाँ जस्तो अवस्थामा भए पनि सधैँ ‘यो मन त मेरो नेपाली हो’ भन्छौँ तर यस चलिचत्रिमा भने बिरोजगारमा पिल्सिएर विदेशमा गएर पसिना बगाउन परेपछि कसरी नेपाली मनलाई परेदेशी मन बनाउनुपर्छ भन्ने कथा रहेको चलत्रिका निर्माता दुर्गाबहादुर खड्काले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्दै उनले चलचित्रको कथा मन परेको कारण लगानी गरेको बताए । उनले विदेशमा नेपालीहरुले भोग्नुपरेका दुःखको यथार्थ कथा चलचित्रमा समेटिएको बताए ।

चलचित्रका नायक दिपेशराज पाण्डेले चलचित्रमा विदेशी रोजगारका सिलसिलमा विदेशिएका युवाले भोगेको समस्यालाई यथार्थ चित्रण गरिएको बताए । चलचित्रमा एक्सनका साथै कमेडी पनि समावेश भएको उनले बताए ।

चलचित्रकी नायिका समिता गीरीको यो तेस्रो चलचित्र हो । तर अन्य दुई चलचित्र भने छायाँकनको क्रममा रहेको उनले जानकारी दिए । चलचित्रमा उनले गाउँले युवतीको भुमिकामा अभिनय गरेको बताईन् साथै एउटा नेपालीको कथा बोकेको चलचित्रलाई एकपटक हेरेर प्रतिकृया दिन आग्रह गरिन् ।

५० लाख लगानीमा तयार पारिएको चलचित्रलाई देब नेपालले निर्देशन गरेका छन् । यस अघि नेपालले मेरो देश नामक चलचित्र निर्देशन गरेका थिए । २० प्रतिशत छायाँकन कतारमा गरिएको यो चलचित्रमा मुख्य गरी बेरोजगारकै कथा हेर्न पाईने चलचित्र युनिटले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*