केटी वा केटाले घरमै बसेर अनुहार सुन्दर पार्ने तरीका यस्तो छ
मनिसहरु आफ्नो अनुहार नराम्रो भएकै कारण चिन्तित हुने गर्छन् राम्रो बन्नको लागि पार्लर धाउने पनि गर्छन तर त्यसबाट सोचे जस्तो उपलब्धी भने पाईराखेका हुँदैनन् । एकातिर पैसा सकिने अर्कोतिर अनुहार जस्ताको तस्तै । आज हामीले घरमै बसेर कम पैसा खर्चगरी समयको समेत बचतगरी आफुलाई कसरी राम्रो बनाउने त्यसको बारेमा जानकारी दिएका छांै ।
थोरै मह अनुहारमा लगाउने यसमा ४–५ थोपा कागतीको रस मिलाउन सकिन्छ । १५ मिनेटमा अनुहार पखाल्दा चमक आउँछ ।दुई चम्चा बेसनमा आधा चम्चा बेसार मिलाउने । त्यसलाई १० थोपा गुलाबजल र कागतीको रसले लेदो बनाउने । सो लेदोमा काचो दूध घोलेर पातलो लेप बनाउने र अनुहारमा लगाउने ।
करीब २० मिनेटपछि अनुहार पखाल्ने। हप्तामा एकपटक यो तरिका अपनाउँदा अनुहारमा चमक आउँछ। निमको पातलाई पिसेर लेदो बनाएर लगाउदा छालाको रोग प्रतिरोध क्षमता बढाउँछ। यसले डन्डिफोर हटाउन पनि मद्धत गर्छ। अनुहारमा चाया पनि आएको छ भने काक्रोको रसले मसाज गर्दा चाया कम हुन्छ ।
काँचो दूधले अनुहार मालिस गर्दा मरेको छाला हटाउँछ।
पाकेको केरा मुछेर अनुहारमा लगाउँदा चाउरीपन हटाउँछ र छालालाई कसिलो बनाउँछ।
डार्कसर्कल हटाउन आँखाको वरिपरी काँचो आलुको टुक्राले हल्का मसाज गर्ने।
काक्रोको रसमा बेसार मिलाएर अनुहारमा लगाउँदा चमक आउँछ ।
एभोकाडोको लेप बनाई १५ मिनेट लगाउँदा अनुहार सफा र चम्किलो बनाउँछ।
अनुहारमा घिउकुमारीको रसले मालिस गर्दा अनुहारमा चमक आउँछ र चाउरीपन पनि हराउँछ ।
सुन्तलाको बोक्रलाई घाममा सुकाएर पिसेको धुलोमा कागतीको रस मिसाएर लेप बनाउने। यसलाई फेसवासको रुपमा प्रयोग गर्ने ।
