एसईई परीक्षाको तालिका हेर्नुहोस् ,कुन् विषयको परीक्षा कहिले ?
काठमाडौं ६ पुस । एसईई परीक्षाको तालिका अनुसार चैत्र ८ गते सुरु भई २० गते सकिने भएको छ । परिक्षा नियन्त्रण कार्यालयको जानकारी अनुसार हिजो बुधबार बसेको बोर्ड बैठकले परीक्षाको मिति तय गरेको हो । अन्तिम शनिवार पनि परीक्षा लिईने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका अनुसार चैत्र ८ गते अनिवार्य अंग्रेजी ९ गते अनिवार्य नेपाली , साथै १० र ११ गते चैते दसैं भएकोले बिदा हुने भएको छ । त्यसैगरी १२ गते अनिवार्य गणित , १३ गते अनिवार्य विज्ञान ,साथै १४ गते प्राविधिक तर्फको परिक्षा हुनेछ ।
साथै १५ गते स्वास्थ्य जनसंख्या तथा वातावरण शिक्षा ,१६ गते ऐच्छिक प्रथमका सबै बिषय ,१७ गते ऐच्छिक द्वितीयका विषयको परीक्षा हुनेछ । चैत्र १८ ,१९ र २० गते भने प्राविधिक तर्फको परीक्षा हुने परीक्षा नियन्त्रणको कार्यालयले जनाएको छ ।
