शिवम् सिमेन्टमा आमा दबाव समूहले लगायो ताला

तु खबर संवाददाता
२०७४ पुष ५, बुधबार १८:३४
फाईल फोटो, शिवममा हुने गरेका आन्दोलन मध्येको एक, केही समय अघि भएको आन्दोलन

मकवानपुर, ५ पुस । विभिन्न समयमा सिमेन्ट उद्योगले निकालेका धुलोधुवाँका कारण विवाद भोगिरहेको शिवम् सिमेन्ट उद्योगमा पूनः स्थानीयले ताला लगाइदिएका छन् ।

मकवानपुरको हेटौँडा १७ मा रहेको शिवम् सिमेन्ट्स लिमिटेडमा आमा दवाव समूह, लक्ष्मीपुर बर्राबोटको अगुवाईमा आएका स्थानीयले शिवमको मूलगेटमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले तालबन्दीसँगै उद्योगका कारण भोग्नुपरेको समस्याका बारेमा लेखिएको पर्चा समेत गेटमा टाँसेका छन् । उद्योगबाट निस्किएको धुलो धुँवाले स्वास फेर्नै समस्या भएको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । उनीहरुले विहान ९ बजेदेखि दिउसो साढे २ बजेसम्म तालाबन्दी गरेका थिए । विहिबार वडा कार्यालयको रोहवरमा उद्योग प्रशासनसँग छलफल गरी समस्या समाधान गर्ने शर्तमा आन्दोलन रोकिएको उनीहरुले बताए ।

गएको मंसिर २७ गते उद्योग प्रशासनसंग भएको सहमति अनुसार काम नगरेपछि आन्दोलनमा उत्रनु परेको स्थानीय मधुसुदन सत्यालले बताए । उनीहरुले उद्योगले बातावरणीय पक्षलाई भन्दा कमाउने तर्फमात्रै ध्यान दिएको उनीहरुको स्थानीयको दाबी छ । शिवम सिमेन्ट्सले दिउँसो केही धुलो र धुँवा कम गरेपनि राति अत्याधिक धुलो र धुँवा हावामा छोड्दा त्यस क्षेत्रको जनजिवन प्रभावित भएको स्थानीयको गुनासो छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*