नारायणी मलले बाँड्यो पुरस्कार, महेशलाई स्कुटी अनुषालाई माउन्टेन बाईक
हेटौँडा, ३ पुस । मकवानपुरको हेटौँडामा सञ्चालनमा रहेको सुविधा सम्पन्न नारायणी मल एवं आचार्य प्लाजाले दशैं तिहार तथा छठपर्वको अवसरमा संचालन गरेको भाग्यशाली पुरस्कार अफरको नतिजा सार्वजनिक गरेको छ ।
यस सम्बन्धमा जानकारी दिँदै नारायणी मलका फाइनान्स् डाइरेक्टर कैलाश ढकालले गत मंसिर २९ गते नै एक कार्यक्रमको आयोजना गरी गोलाप्रथाद्वारा बिजेता घोषणा गरिएको बताए । उनले पुरस्कार पाउनेहरुको सम्पुर्ण विवरण मिडिया मार्फत जानकारी गराईसकिएको र पुरस्कार समेत वितरण गरिसकिएको बताएका छन् ।
उनले तु खबरलाई जानकारी गराए अनुसार महेश कुमार बिसीले प्रथम पुरस्कार स्कुटी प्राप्त गरेका छन् भने दोस्रो पुरस्कार स्वरुप अनुषा गुरुङ्ले माउण्टेन बाईक प्राप्त गरेकी छिन् । त्यस्तै तेस्रो भएकी सन्ध्या ठकुरीले ३२ ईन्चको एलइडी टिभि प्राप्त गरेकी छिन् ।
साथै ५ जनालाई सान्त्वना पुरस्कार स्वरुप १–१ वटा राईश कुकर प्रदान गरिएको छ । कार्यक्रममा मलका संचालक नवराज आचार्य, फाईनान्स डाइरेक्टर कैलाश ढकाल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा चर्चित गायन प्रतियोगिता नेपाल आईडलमा सहभागी भएकी मकवानपुरकी विद्या तिवारीले आफ्नो प्रस्तुति दिएकी थिईन् ।मलले चाडपर्वको अवसरमा नारायणी मलको जुनसुकै पसलबाट सामान खरिद गर्दा एउटा कुपनको व्यवस्था गरेको थियो ।
हेटौँडामा पृथक पहिचानको साथ आफ्नो ख्याति कमाउन सफल नारायणी मलले बिगतका बर्षहरुमा पनि यस्ता अफरहरु प्रदान गर्दै आएको थियो । आगामी दिनहरुमा पनि मिडियाको सहकार्यमा सामाजिक सेवाका कार्यहरु समेत गर्नको गर्ने मलले जनाएको छ ।
