हेटौँडादेखि मनकामनासम्म विद्यार्थीले गरे सरसफाई

तु खबर संवाददाता
२०७४ मंसिर २९, शुक्रबार १०:२९

मकवानपुर, २९ मंसिर । हेटौँडा ५ मा रहेको रिलायन्स इङ्गलिस बोर्डिङ स्कुलका विद्याथीहरुले मकवानपुरगढी गाउँपालिकामा रहेको मनकामनासम्म पुग्ने बाटो सरसफाई गरेका छन् ।

उक्त विद्यालयमा कक्षा ८ र ९ मा अध्ययनरत विद्यार्थीहरुले मकवानपुर गढी गाउँपालिकामा रहेको धार्मिक स्थल मनकामना जाने बाटोको सरसफाई गरेका हुन् । विद्यालयमा रहेको पिस क्लब र सस्टेनेबल डेभलपमेन्ट क्लबमा आवद्ध विद्यार्थीहरुले सरसफाईमा सहभागिता जनाएको सस्टेनेबल डेभलपमेन्ट क्लबका प्रेसिडेन्ट विनम्र अधिकारीले जानकारी दिए । ग्लोबल नेटवर्क फर सस्टेनेबल डेभलपमेन्टको संयोजनमा भएको कार्यक्रममा क्लबमा आवद्ध ३० जना विद्यार्थहरुको सहभागिता रहेको थियो ।

विद्यार्थीहरुले हेटौँडा ५ सिँचाई टोलेदेखि मनकामना मन्दिरसम्मको बाटोको दुवै तर्फ फालिएका प्लास्टिक, कागज जस्ता फोहर संकलन गरी सरसफाई गरेका हुन । विद्यार्थीहरुले मनकामना मन्दिर नजिक व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुलाई पसलमा आउने ग्रहकहरुलाई प्लास्टिक, कागज, विस्कुट, चाउ चाउका खोल जथाभावी नफाली दिन आग्रह गर्न सुझाव समेत दिएको पिस क्लबका प्रेसिडेन्ट आयुष मिश्रले बताए । प्रत्येक दिन विहान धेरै मानिसहरु मर्निङ वाकका लागी हिड्ने बाटो र धार्मिक स्थलसम्म पुग्ने बाटोमा फोहर बढेपछि सरसफाई गरेको क्लबका प्रेसिडेन्ट अधिकारीले जानकारी दिए ।

अधिकारीले क्लबको गतिविधि बढाउँदै लैजाने बताउँदै आगामी दिनमा हेटौँडानगर क्षेत्र भित्रका धार्मीक स्थलहरुको सरसफाई गरिने जानकारी दिए । सरसफाई कार्यक्रममा रिलायन्स स्कुलका पूर्व विद्यार्थीहरुका साथ नेपालको वातावरणीय अध्यनका लागि आएका अमेरीकि विद्यार्थीहरु एलीजा र मेगान तथा विद्यालयका शिक्षक लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*