चितवनमा ५ हजार मतले प्रचण्ड अगाडि
चितवन २४ मसिंर । माओवादी केन्द्रका अध्यक्ष एवं बाम गठबन्धनका उम्मेदवार पुष्पकमल दहालले चितवनमा ५ हजार मतले अगाडि बढेका छन् । लोकत्रान्त्रिक गठबन्धनका उम्मेदवार बिक्रम पाण्डेलाई ५ हजार मतले पछाडि पारेसंगै प्रचण्डको जितको संभावना बढेको छ । हालसम्म पाण्डेले १४ हजार ८ सय ७० मत प्राप्त गरेका छन् भने प्रचण्डले १९ हजार ७ सय २६ मत प्राप्त गरेका छन् ।
