प्रतिनिधि र प्रदेशसभा १ मा बामको अग्रता , मत विवरण यस्तो छ
मकवानपुर २३ मसिंर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कमल थापालाई करीब ३ हजार मत अन्तरले पछाडी पार्दै बाम गठबन्धनका उम्मेदवार कृष्ण दाहाल अधि बढेका छन् । हाल सम्म ४२ हजार ३ सय ६३ मत गन्दा यस्तो नतिजा देखिएको हो । जिल्ला निर्वाचन कार्यालयको अनुसार अब ४१ ह्जार ९ सय ५ मत गन्न बाँकि छ ।
त्यसैगरी प्रदेशसभा १ को क मा बाम गठबन्धनका प्रेमबहादुर पुलामी छिन्तुले १५ हजार २ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिकका धर्म लामिछानेले १४ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् । साथै प्रदेशसभा १ को ख मा पनि बामकै अग्रता रहेको छ । बाम गठबन्धनका डोरपणि पौडेलले हालसम्म १६ हजार ३ सय ६४ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिकका अशोक शाक्यले १४ हजार ५ सय ४३ मत प्राप्त गरेका छन् हालसम्मको मतपरिणाम अनुसार मकवानपुर प्रतिनिधिसभा र प्रदेश सभा १ मा बाम गठबन्धन अगाडि रहेको छ ।
