कुमारी र ईन्द्र अघिअघि विरोध भारी मतले अगाडि
मकवानपुर २३ मसिंर । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ को हालको नतिजा अनुसार बाम गठबन्धनका बिरोध खतिवडाले २२ हजार १७ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनकी डिना उपाध्यायले १७ हजार ९६ मत प्राप्त गरेकी छिन् ।
त्यसैगरी प्रदेशसभा २ को क मा बाम गठबन्धनकी उम्मेदवार कुमारी मोक्तानले १७ हजार ९ सय ७६ मत प्राप्त गरेकि छिन् भने उनका प्रतिद्धन्दी लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटाले १० हजार ४ सय ३० मत मात्र प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेशसभा २ को ख मा बाम गठबन्धनका राजाराम स्याङ्तानले १३ हजार ६ सय १३ मत प्राप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धनका ईन्द्र बहादुर बाँनियाले १४ हजार ७ सय १७ मत प्राप्त गरेका छन् । थप मतगणना जारी छ ।
