प्रदेशमा कुमारी र ईन्द्र अघिअघि अन्य थप विवरण सहित

तु खबर संवाददाता
२०७४ मंसिर २३, शनिबार १४:१५

मकवानपुर २३ मसिंर । मकवानपुरको प्रतिनिधिसभा २ को प्रदेशसभा १ र २ को पछिल्लो मत विवरण सार्वजनिक भएको छ जसमा प्रदेशसभा १ मा बाम गठबन्धनकी कुमारी मोक्तानले १६ हजार ८ सय ७३ मत प्राप्त गरेकी छिन् भने लोकतान्त्रीक गठबन्धनका यतिराज सापकोटाले ९ हजार ९ सय ३२ मत प्राप्त गरेका छन् । जम्मा २९ हजार ६ सय ५४ मत गन्दा यस्तो नतिजा आएको हो । साथै साना दलहरुको नतिजा यसप्रकार छन् ।
गिलास ४६
घर ४०
आँखा १६५
कुखुराको भाले ५४
मुठी ६८
जिप १६
मोवाईल ९५
त्यसैगरी प्रदेशसभा २ मा लोकतान्त्रिक गठबन्धनका ईन्द्रबहादुर बाँनियाले १३ हजार २ सय ४५ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनका राजाराम स्याङ्तानले १२ हजार ८१ मत प्राप्त गरेका छन् ।
साथै साना दलहरुको नतिजा यसप्रकार छन् ।
ह्सिया र तारा ६४६
गिलास ३९
घर १७
आँखा १३९
मुठी ५४

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*