कमल थापा १८ सय मतले पछाडि, प्रतिनिधिसभा क्षेत्र नम्बर १को सम्पुर्ण जानकारी हेर्नुहोस् (ताजा परिणाम)
मकवानपुर २३ मसिंर । मकवानपुरमा मतगणना जारी रहेको छ । भर्खरै प्राप्त भएको जानकारी अनुसार प्रतिनिधिसभा क्षेत्र नम्बर १ को सम्पुर्ण विवरण उल्लेख गरीएको छ । जसमा अग्रस्थानमा हालसम्म बामगठबन्धनका कृष्ण दाहाल रहेका छन् उनले १८ हजार ८२ मत प्राप्त गरेका छन् । त्यसैगरी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं उपप्रधानमन्त्री कमल थापाले १६ हजार २ सय ५३ मत प्राप्त गरेका छन् ।
हालसम्मको नतिजा अनुसार कमल थापा १ हजार ८ सय २९ ले पछाडि परेका छन् ।
त्यसैगरी विवेकशिल साझा पार्टीले ९ सय ७ मत प्राप्त गरेको छ । अन्य उम्मेदवार हरुको विवरण यस्तो छ ।
मसाल : १०७
हसिया र तारा : ४५१
गिलास :२१
मदल :१९
घर : ११
आँखा :७४
बस : २७
आयातकार भित्रको हलो : ३९
मुठी :४८
गुलाबको फूल : १५४
कलम : ७
चङ्गा : २१
प्रतिनिधिसभा क्षेत्र नम्वर १ मा हालसम्म ३८ हजार ४६ मत गणना भएको छ । जसमध्ये ३६ हजार २ सय ७५ मत सदर भएको छ भने १ हजार ७ सय ७५ मत बदर भएको छ ।
