कमल थापालाई करिब एक हजार मतले कृष्ण दाहालले उछिने
मकवानपुर २३ मसिर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ हाल सम्मको मतपरिणाम अनुसार लोकतान्त्रिक गठकन्धनका उम्मेदवार एवं नेपाल सरकारका प्रधानमन्त्री कमल थापालाई बाम गठबन्धनका उम्मेदवार कृष्ण दाहालले पछि पारेका छन् । हालसम्म कृष्ण दाहालको ११ हजार ३ सय ६१ मत आएको छ भने कमल थापाको १० हजार ३ सय ३८ मत आएको छ ।
यो प्रतिस्पर्धा मकवानपुरवासीले निकैनै चासोको रुपमा लिएका छन् ।
