मकवानपुरमा कमल थापालाई पछि पार्दै कृष्ण दाहाल अगाडि (हेर्नुहोस् ताजा मतपरिणाम)
मकवानपुर, २२ मंसिर । मकवानपुर क्षेत्र नम्बर १ को मतगणना जारी छ । यो मतगणनासम्म आईपुग्दा वाम गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उम्मेदवार कृष्ण दाहालले उपप्रधान तथा उर्जा मन्त्री कमल थापालाई पछि पार्दै अग्रता कायम गरेका छन् । उनले २२८ मतले लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं उपप्रधान तथा उर्जा मन्त्री थापालाई पछि पारेका हुन् । यसअघि दाहालभन्दा थापा अघि थिए ।
प्रदेश नं.- ३, मकवानपुर जिल्ला प्रतिनिधिसभा तथा प्रदेस सभाका प्रत्यक्ष तर्फका प्रत्यासिहरुको मत
प्रतिनिधि सभा -१,कृष्णप्रसाद दाहाल (वाम गठवन्धन) – ४४९१
कमल थापा (लोकतान्त्रिक गठवन्धन) – ४२६३
प्रतिनिधि सभा -२,बिरोध खतिवडा (वाम गठवन्धन) -६४४४
डिना उपाध्यय (लोकतान्त्रिक गठवन्धन) -४००६
प्रदेश सभा -१(क),प्रेमबहादुर पुलामी (वाम) – ४२४६
धर्मराज लामिछाने (लोकतान्त्रिक) -४०३८
प्रदेश सभा-१(ख)डोरमणी पौडेल (वाम) – ३६१८
अशोक शाक्य (लोकतान्त्रिक) – ३९२३
प्रदेश सभा-२(क) कुमारी मोक्तान (वाम) – ४७४३
यतिराज सापकोटा (लोकतान्त्रिक) -२०६४
प्रदेश सभा-२(ख) राजाराम स्याङतान (वाम) – ३८४५
ईन्द्रबहादुर बानियाँ (लोकतान्त्रिक) – ३८१३
