बाजुरामा प्रतिनिधिसभा सदस्यमा एमालेका थापा विजयी
बाजुरा, २२ मंसिर । बाजुरामा प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका लालबहादुर थापा २८ हजार ५९ मत ल्याएर विजयी भएको राससले जनाएको छ ।
नेकपा एमालेका थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कविराज पण्डितले २३ हजार १८१ मत ल्याएको मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जानकारी सदए ।
यसअघि प्रदेश क मा वाम गठबन्धनकै विश्वराज रेग्मी र ख मा प्रकाश शाह विजयी भइसकेका छन् ।
