प्रचण्डलाई पछि पार्दै पाण्डेको अग्रता
चितवन, २२ मंसिर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। ३ चितवनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पछि पार्दै राप्रपा प्रजातान्त्रिक का केन्द्रीय उपाध्यक्ष विक्रम पाण्डेले शुरुवाती अग्रता हासिल गरेका छन् ।
चितवन क्षेत्र नं। ३ मा आज शुरु भएको मतगणनाको प्रारम्भिक नजिताअनुसार एक हजार २३९ मत गणना गर्दा पाण्डेले ६८७ मत प्राप्त गरेका छन् भने दाहालले ४७३ मत प्राप्त गरेका छन् । सो क्षेत्रमा एक लाख २५ हजार ८१८ मतदाता रहेकोमा ९३ हजार ८२६ मत खसेको छ ।
यसैगरी क्षेत्र नं। २ मा ९४० मत गणना गर्दा नेकपा ९एमाले०का कृष्णभक्त पोखरेलले ५७२ मत र नेपाली कांग्रेसका शेषनाथ अधिकारीले २९२ मत प्राप्त गरेका छन् ।-रासस
