मकवानपुर कुमारी मोक्तानको अग्रता कायमै, ईन्द्र बानियाँ पछाडि
मकवानपुर, २२ मंसिर । मकवानपुरको मतणना हाल जारी रहेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को ताजा मत परिणाम अनुसार क्षेत्र नम्बर २ को प्रदेशसभा (क) मा बाम गठबन्धनकी उम्मेदवार कुमारी मोक्तानले २४२८ मत प्राप्त गरेकी छिन् भने लोकतान्त्रिक गठबन्धनका उम्मेदवार यतिराज सापकोटाले १६५७ मत प्राप्त गरेका छन् ।
त्यसैगरी प्रदेशसभा क्षेत्र नम्बर २ क का लोकतान्त्रीक गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानिँयाले २ हजार ७८ मत प्राप्त गरेका छन् भने बाम गठबन्धनका राजाराम स्याङतानले २ हजार ३ सय २५ मत प्राप्त गरेका छन् ।
