मकवानपुर २ मा डिनालाई करिब दोब्बर मतले जित्दै विरोध अगाडि

मकवानपुर, २२ मंसिर । मकवानपुर क्षेत्र नम्बर २ को ४ हजार २ सय ८४ मतगणना भएको छ । ताजा मतपरिणाम अनुसार क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विरोध खतिवडा करिब दोब्बर मतले अगाडि भएका छन् ।
खतिवडाले २ हजार ५ सय ९८ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी लोकतान्त्रिक गठबन्धनकी उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले १ हजार ३ सय १० मत प्राप्त गरेकी छिन् । उपाध्यायभन्दा खतिवडा १ हजार २ सय ८८ मतले अगाडि भएका छन् ।