मतगणना अपडेट–देशभर कुन दलले कहाँ जिते ? को छ अगाडि ?
मकवानपुर, २२ मंसिर । देशका ४५ जिल्लामा बिहीबार मतदान सम्पन्न भएपछि पहिलो चरण र दोस्रो चरणमा भएको मतदानको मतगणना शुरु भएको छ भने कतिपय स्थानबाट मतपरिणाम पनि आईसकेको छ ।
शुक्रबार बिहान सवा ९ बजेसम्मको अपडेट अनुसार प्रतिनिधिसभा तर्फ नेकपा एमालेले दुई स्थानबाट जित हासिल गरिसकेको छ भने १८ स्थानमा अग्रता लिन सफल भएको छ । त्यस्तै नेपाली काँग्रेसले ३ स्थानमा अग्रता कायम गरेको छ भने माओवादी केन्द्रले एक स्थानमा जीत हासिल गर्नुका साथै १३ स्थानमा अग्रता कायम गरेको छ ।
त्यस्तै प्रदेशसभा तर्फ भने प्रदेश नम्बर ४ मा नेकपा एमालेका २ जना उम्मेदवारले जित हासिल गरेका छन् भने प्रदेश नम्बर १ मा ६ जना, प्रदेश नम्बर ३ मा ६ जना, प्रदेश नम्बर ४ मा ४ जना, प्रदेश नम्बर ६ मा ४ जना र प्रदेश नम्बर ७ मा २ जना उम्मेदवार अग्रपंक्तिमा छन् ।
प्रदेशसभा तर्फ नै प्रदेश नम्बर ४ मा नेपाली काँग्रेसको १ जना उम्मेदवारले जित हासिल गरेका छन् भने प्रदेश नम्बर १ मा १ जना, प्रदेश नम्बर ३ मा २ जना, प्रदेश नम्बर ४ मा १ जना र प्रदेश नम्बर ७ मा १ जना उम्मेदवार अग्रपंक्तिमा छन् ।
प्रदेशसभा तर्फ नै प्रदेश नम्बर ५ मा नेकपा माओवादी केन्द्रका २ जना उम्मेदवारले जित हासिल गरेका छन् भने प्रदेश नम्बर १ मा ३ जना, प्रदेश नम्बर ३ मा ४ जना, प्रदेश नम्बर ४ मा २ जना, प्रदेश नम्बर ५ मा २ जना, प्रदेश नम्बर ६ मा २ जना र प्रदेश नम्बर ७ मा ४ जना उम्मेदवार अग्रपंक्तिमा छन् ।
