मकवानपुरको १ नम्बर क्षेत्रमा ६७ प्रतिशत मत खस्यो

तु खबर संवाददाता
२०७४ मंसिर २२, शुक्रबार ०८:३१

मकवानपुर २१ मसिंर । मकवानपुरको प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र नम्बर १ बाट ६७ प्रतिशत मत खसेको छ । जम्मा मतदाता संङ्ख्या १ लाख ४७ हजार ७ सय ९९ रहेको १ नम्बर क्षेत्रबाट ८३ हजार २ सय २८ मत मात्र खसेको जिल्ला निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।
उनको अनुसार स्थानिय तहको निर्वाचनको तुलनामा यो निर्वाचनमा केहि प्रतिशत मत कम खसेको हो । २ नम्वर क्षेत्रको भने मत जोड्ने तयारी भईरहेको समेत उनको भनाई छ ।
मकवानपुरमा जम्मा मतदाताको संङ्ख्या २ लाख ५५ हजार ६ सयको हाराहारीमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*