पहिलो चरणको निर्वाचनको मतगणना कार्य शुरु

तु खबर संवाददाता
२०७४ मंसिर २१, बिहीबार १७:३६

काठमाडौँ, २१ मंसिर । पहिलो चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएका ३२ जिल्लामध्ये केहीमा आज साँझ पाँचबजेदेखि मतगणना शुरु भएका समाचारहरु प्राप्त भएका छन् ।

अहिले मुस्ताङ, मनाङ, बैतडी र बाजुरामा मतगणना कार्य शुरु भएको सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृतका कार्यालयहरुबाट जानकारी प्राप्त भएको छ ।
जिल्ला निर्वाचन कार्यालय मुस्ताङका प्रमुख सीताराम शर्मा लामिछानेका अनुसार कूल ९ हजार ४२७ मतदाता रहेको मुस्ताङ्गमा ६ हजार ७१४ मत खसेको थियो ।
त्यसैगरी, कूल पाँच हजार ८८१ मतदाता रहेको मनाङ्गमा चार हजार ३३८ मतदाताले मतदान गरेका थिए । बैतडीमा ७६ हजार ३४३ मत खसेको थियो । करिब ८० प्रतिशत मत खसेको बताइएको बाजुरामा ५२ हजार ९४५ मतको गणना गर्नुपर्नेछ । -(रासस)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*