पोखरीमा डुबेर बालकको मृत्यु

तु खबर संवाददाता
२०७४ मंसिर १८, सोमबार १५:०७

खोटाङ, १८ मंसिर/रासस :पोखरीमा डुबेर खोटाङमा १८ महिने बालकको मृत्यु भएको छ । घर छेउमा पालिएको माछापोखरीमा डुबेर रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका युकेस राईको आज मृत्यु भएको हो ।

आमा बिरामी परेका कारण हजुरआमाको रेखदेखमा रहेका बालक हजुरमा गाईवस्तुलाई घाँस दिन गएर फर्कदा घरमा नभेटिएपछि खोज्दा पोखरीमा डुबेको अवस्थामा भेटिएको स्थानीयवासी भगेश्वर राईले बताए । घरमा कोही नभएको समयमा खेल्दै जाँदा माछा पोखरीमा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

घटनाको विषयमा अनुसन्धानका लागि घटनास्थलमा प्रहरीे टोली पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । मृत बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको आफन्तले जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*