रेडियो आकाशगंगाको निर्वाचन विशेष कार्यक्रम सम्पन्न

तु खबर संवाददाता
२०७४ मंसिर १३, बुधबार १८:२०

मकवानपुर, १३ मंसिर । रेडियो आकाशगंगा ८८.५ मेगाहर्जको आयोजनामा निर्वाचन विशेष वहस तथा प्रतिबद्धता कार्यक्रम सोमबार मकवानपुरको हटियामा सम्पन्न भएको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गरी कार्यक्रम आयोजना गरीएको थियो ।
कार्यक्रममा बोल्दै राप्रपाका केन्द्रिय सदस्य एवम् समानुपातिक तर्फका उमेद्धवार दीपक सिंहले राप्रपाले प्रत्येक्ष तर्फ मकवानपुर क्षेत्र नं १ र देश भर बाट ४ वटा सिट सहित राष्ट्रिय पार्टि बन्ने साथै समानुपातिक तर्फ मकवानपुरबाट मात्रै ८० हजार भन्दा माथि मत ल्याउने दाबि समेत गरे ।
त्यस्तै नेपाली काग्रेसको तर्फबाट प्रदेश सभा क्षेत्र नं १ ख का उम्मेदवार धर्मराज लामीछानेले आफुले जिते मकवानपुरको विकास र जनताको हितका लागि काम गर्ने
बताए ।
त्यसैगरी विवेकशील साझा पार्टीको तर्फबाट प्रतिनिधि सभा क्षेत्र नं १ का उम्मेदवार सरोज कोईरालाले आफ्नो क्षेत्रको विकासका लागि आवश्यक भिजन तयार पारिसकेको साथै यस पटक मकवानपुर क्षेत्र नं १ सहित राष्ट्रिय पार्टी बन्नेमा कुनै शंका नरहेको बताए ।

कार्यक्रममा राप्रपाका नेता मधू अधिकारी, विवेकशील साझा पार्टीका प्रदेश सभा क्षेत्र नं १ क का उम्मेदवार मुकेश चौधरी प्रदेश सभा क्षेत्र नं १ ख का उम्मेदवार प्रतिभा डगोंल लगायतकाको उपस्थिति रहेको थियो । कार्यक्रम रेडियो आकाशगंगा ८८.५ मेगाहर्जका प्रबन्ध निर्देशक गंगा प्रसाद पौडेलको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*