बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु

तु खबर संवाददाता
२०७४ मंसिर १३, बुधबार ११:५८
फोटो : गुगल म्याप

चितवन, १३ मंसिर : काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ । नौजना घाइते भएका छन् ।

लु २ ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट त्रिशूलीमा खसेको हो । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।
पूर्ण रुपमा त्रिशुलीमा खसेको बसबाट हालसम्म १५ यात्रुको उद्धार गरिएको छ । ६ जनाको ज्यान गएपनि बाँकी लाई जिवितै उद्धार गरिएको प्रहरीले बताएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*