वडा अध्यक्ष सक्रिय हुँदा गरगरे–पावस मोटरवाटो खोलियो

तु खबर संवाददाता
२०७४ मंसिर ११, सोमबार १९:४३

यादव चौलागाई

बकैया गाँउपालिका ४ नंम्वर वडा कार्यलयको पहलमा बकैया जुरेली फाटमा सडक विस्तार गरिएको छ ।
वडा अध्यक्ष राजन दङ्गालको पहलमा १५ वर्षदेखि सडक विस्तार गर्ने योजना स्थानीय जग्गा धनिको अवरोधका कारण विस्तार गर्न सकिएको थिएन । १५ वर्ष अघि देखि जुरेली माझी गाउँ हुदै ५ नम्वरको पावस तथा वकैया ६ र ७ नं वडाका जनता लाभान्वित हुने उक्त सडकखण्डको विस्तारको लागि पटक पटक बजेट छुटयाउदा समेत खर्च तथा सडक जग्गा किचलो र विवादका कारण बन्न नसकेपछि वडा अध्यक्ष दङ्गाल तथा स्थानीय अगुवाहरुको पहलमा खोलिएको हो । कृषि उपज समेत खेतबाट ल्याउन तथा लैजान सकेत ठुलो समस्या देखिएपछि बाटो खोल्न डोजर प्रयोग गरिएको थियो ।
बकैया ४ को गरगरेबाट ५ नम्बरको पावस तथा जुरेली माझी गाउँबाट खेतैखेत ७ नम्वरको खरकटाइ समेत विस्तारित बाटोले जोडेको छ । २ लाख रुपैयाँको लगानीमा ६ मिटर मोटरबाटो हुने गरी सडक विस्तार गरिएको अध्यक्ष दङगालले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*