शिखरकोटमा बाम गठबन्धनको चुनावी सभा
हेटौंडा,११ मंसिर/ बम गठबन्धनको मकवानपुरको उत्तरी थाहा नगरपालिकास्थित शिखरकोटमा चुनावी सभा भएको छ । सभामा बोल्दै मकवानपुर २ प्रतिनिधिसभा सदस्य उम्मेदवार बिरोध खतिवडाले थाहा नगरले सत प्रतिशत मत बाम गठबन्धलाई दिएर देशमै उदाहरण बन्नुपर्ने बताए । बाम गठबन्धनको किल्ला रहेको थाहा नगरले नमुना नगर बनेर अरुलाई पाठ सिकाउनुपर्ने बताए ।
भेलामा बोल्दै मकवानपुर२(क) प्रदेश सभा सदस्य उम्मेदवार कुमारी मोक्तानले थाहा नगरलाई देशकै मुख्य पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताईन् । भेलामा नेकपा एमाले मकवापनुरका नेता सुभाषचन्द्र ठकुरी,विष्णु ढकाल, माओवादी नेता विष्णु विष्ट(आदर्श), प्रकाश पाण्डे(प्रलोक), सागर बानियाँ, विद्यार्थी नेतृ पबिना लामा लगायतले बोलेका थिए ।
