वनको हिरासत ‘सामना होटल’मा बसेर रिहा भए शिवम संचालक मारु
मकवानपुर, ०८ मंसिर । शिवम् सिमेन्टका संचालक रघुनन्दन मारु गएको २८ गते हेटौंडामा पक्राउ परे । जिल्ला वन कार्यालय मकवानपुरले उनलाई कात्तिक २८ गते तत्कालिन ठिंगन तथा सुकौरा गाविसमा अबैध रुपमा ढुङ्गा खानी उत्खनन् गरेको अभियोगमा पक्राउ गरी आफ्नो हिरासतमा राखेको र आज शुक्रबार जिल्ला अदालत मकवानपुरमा पेश गरेको बताएको छ । तर, स्रोतका अनुसार, यो खबर सत्य होइन । मारुलाई कानूनी रुपमा २८ गतेनै पक्राउ गरिएको थियो । तर, पैसाको बलमा उनलाई जिल्ला वनले कुनै हिरासतमा राखेन ।
त्यसो भए मारुलाई कहाँ राख्यो त ?
विस्वस्त स्रोतले बताए अनुसार, मारु २८ गते यता कानूनी रुपमा जिल्ला वनको हिरासतमा भएपनि खासमा उनी रिल्याक्स गर्दै हेटौंडाको चर्चित ३ तारे होटल सामनामा थिए ।
होटल सामानामा उनी बसेपनि वनले भने आफ्नो हिरासतमा राखेको बताउँदै आएको छ । तर, पक्राउ परेको दिनदेखिनै उनी सामाना होटलमा बसेको विश्वस्त स्रोत बताउँछ । स्रोतका अनुसार, शिवम्को नीजि गाडी सामानामा खडा गरेर मारुले पहुँच मिलाउँदै आएका थिए । जिल्ला वन अधिकृतको आदेशले अनुसन्धानको घेरमा आएको मारु पछि अदालतको आदेशले म्याद थप गरी आज शुक्रबार अदालत पेश भएका थिए । साढे सात लाख धरौटीमा आज मारु रिहा भए । गैरकानूनी आधारमा उनी समानामा बसेर यतिका दिन बिताएर आज कानूनी आधारमा रिहा भए । यस बिषयमा अनुसन्धान अधिकृत रामबाबु यादवसँग प्रतिक्रिया माग्न खोज्दा उनको मोबाइल अफ छ । निकै बेर कुराकानीको प्रयास गर्दा पनि उनीसँग सम्पर्क हुन सकेको छैन ।
