बाम गठबन्धनको जीत पक्का : उम्मेदवार खतिवडा

तु खबर संवाददाता
२०७४ कार्तिक २१, मंगलवार १४:५१

मनहरी–नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा निर्वाचन मकवानपुर निर्वाचन क्षेत्र २ का उम्मेदवार बिरोध खतिवडाले बाम गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
मनहरी गाउँपालिका स्तरीय नेकपा एमाले र माओवादी केन्द्रका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
त्यसैगरी विद्यार्थी नेता महेश बर्ताैलाले भ्रष्टाचारीलाई चुनाव लड्न पाउनुपर्छ भनेर निर्वाचन कानून फेर्न प्रस्ताब गर्ने भ्रष्टाचारीहरुलाई जनताले हराएर देखाइदिने दाबी गरे ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता रामहरि सुवेदी, रामप्रसाद कालाखेती, नेकपा एमालेका लालबहादुर थापा लगायतले सम्बोधन गरेका थिए । भेलाले गाउँ र वडा तहमा निर्वाचन परिचालन कमिटी निर्माण गर्ने योजना समेत बनाएको छ । निर्वाचन परिचालन कमिटी संयोजक नवराज सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका बनष्तम थिङले स्वागत गरेका थिए भने सन्जीव पाठकले सञ्चालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*