अर्थ/वाणिज्य
युवा समूहलाई निर्ब्याजी रु १० लाख ऋण
इलाम, २२ पुस । राष्ट्रिय युवा परिषद्, जिल्ला युवा समितिले यहाँका चार युवा समूहलाई निब्र्याजी रु १० लाख ऋण प्रदान गरेको छ । समितिले सूर्याेदय नगरपालिकाको जनज्योति कृषि तथा पशुपालन समूह, देउमाई नगरपालिकाको सुनौलो बिहानी पशुपालन युवा समूह, एकतप्पाको चम्जलुङ उद्यमशील युवा विकास समूह र जोगमाईको ध्वजेगुफा पशुपालन समूहलाई...
नाफामुखी बन्दै सहकारी : चर्को ब्याजदरमा ऋण लगानी
काठमाडौँ, २१ पुस । व्यापारघाटा कम गर्न सहकारी संस्थाले उत्पादनमा जोड दिनुपर्ने धारणा व्यक्त गरिएको छ । राष्ट्रिय सहकारी महासंघले आज यहाँ आयोजना गरेको दुईदिने कार्यशालाका सहभागिले सो धारणा राखेका हुन् । उक्त कार्यशालामा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले चुलिँदो व्यापारघाटा कम गर्ने प्रमुख माध्यम सहकारी संस्था भएको बताउनुभयो ।...
जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार
काठमाडौँ, १९ पुस । फुटबेयर म्यानुफ्याक्चरर्स एशोसिएसनको आयोजनामा भएको १४ औँ जुत्ता प्रदर्शनीमा करिब रु साढे दुई करोडको कारोबार भएको छ । यही पुस १३ गतेदेखि भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा भएको प्रदर्शनीमा करिब ९० हजार दर्शकले अवलोकन गरी मंगलबार साँझ सम्पन्न भएको हो । ‘आत्मनिर्भरताको आधार स्वदेशी उत्पादनको प्रयोग’ भन्ने नारा...
लयमा फर्कदै पूँजी बजार
काठमाडौँ, १८ पुस (रासस) : लगातार ओरालो लाग्दै आएको पूँजी बजारमा अन्यौलता कायमै रहेको भए पनि नियमित लय पकड्न शुरु गरेको छ । विगत ११ दिन लगातार घटेको बजार सोमबारदेखि सम्हालिएको छ । सोमबार ४४ अंकले बढेको बजार आज अपेक्षितरुपमा उकालो नलागे पनि दुई दशमलव ४४ बिन्दुले बढेको छ...
रक्सौलमा रोकिएका क्लिंकर आउन लागे
वीरगन्ज, १७ पुस / भारतको रक्सौलमा अड्किएका क्लिंकर र्याकहरू नेपालमा भित्रिन सुरु गरेका छन् । भारतीय रेल्वे निगमले रक्सौल यार्डमा अनलोड गर्न नदिएपछि बुकिङ भइसकेका क्लिंकरका र्याकसमेत नेपाल आउन सकेको थिएन । तर, अहिले तत्कालका लागि रक्सौल यार्डमै लोड–अनलोड गर्न भारतीय पक्ष सहमत भएपछि अलपत्र परेका र्याकहरू भित्राइएको उद्योगीहरूले...
यस्ता छन् मउवा संघका उम्मेदवारहरु
मकवानपुर, १६ पुस । मकवानपुर उद्योग वाणिज्य संघको ५१ औं वार्षिक साधारणका लागि विभिन्न पदहरुमा विभिन्न क्षेत्रका उम्मेदवारहरुको चुनाव भोलि हुँदैछ । उम्मेदवारी दर्ता गराइएका मध्ये ७ जना निर्विरोध भइसकेका छन् । मकवानपुर उद्योग वाणिज्य संघले प्रकाशन गरेको अन्तिम नामावली अनुसार वस्तुगत तर्फ उपाध्यक्षका लागि रामप्रसाद न्यौपाने ,वस्तुगत सदस्यका...
शेयर बजारको लगानी घट्दै
बनेपा, १४ पुस । दुई सातादेखि निरन्तर ओरालो लागेको शेयर बजार परिसूचक नेप्सेको प्रभाव मोफसलको शेयर बजारमा पनि पर्न थालेको छ । मोफसलमा खुलेका ब्रोकर कार्यालयका शाखामा शेयर बजारप्रति आकर्षण घटेका कारण लगानीकर्ताको मनोबल कमजोर देखिएको छ । काभ्रेपलाञ्चोकको बनेपा बजारमा रहेका दुईवटा ब्रोकर कार्यालयले दिएको जानकारीअनुसार लगानीकर्ता अहिले...
पर्सामा हुलाक बचत बैंक लोकप्रिय हुँदै
वीरगञ्ज, १४ पुस । एक सय रुपैयाँ पनि जम्मा गर्न सकिने र आवश्यक परेमा त्यति रकम नै झिकन सकिने । त्यति मात्र होइन, एक सय रुपैयाँमा खाता सञ्चालन गर्न सकिने र अन्य बैंकभन्दा आकर्षक ब्याज पाइने हुँदा निम्न आयस्तर भएका पर्सावासीमा हुलाक बैंकिङ सेवा लोकप्रिया बन्दै गएको छ ।...
कञ्चनपुरमा होमस्टे व्यवसाय फस्टाउँदै
भीमदत्तनगर, १३ पुस । बितेको दुई वर्षमा कञ्चनपुरको भीमदत्तनगरमा सञ्चालित थारु समुदायको ‘राना थारु होमस्टे’को दुई हजार ५०० भन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले अवलोकन गरेका छन् । भीमदत्त नगरपालिका–१४ नयाँ कटानमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा नेपालमै पहिलोपटक राना थारु होमस्टे सञ्चालनमा आएको छ । पछिल्लो समय कञ्चनपुरमा होमस्टेको...
अम्बे सिमेन्ट प्रा.लिको इजाजत रद्द
काठमाडौँ, १९ मंसिर : नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्रा.लि पर्साको इजाजत रद्द गरेको छ । प्रा.लिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले आज आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले प्रालीले आफ्नो...









