अर्थ/वाणिज्य
उद्योग वाणिज्य संघको अतिथि गृह निर्माणस्थलमा भूमिपूजा
मकवानपुर, ५ बैशाख । मकवानपुर उद्योग वाणिज्य संघले पल्पसा सभागृह परिसरमा निर्माण गर्न थालेको अतिथि गृह निर्माणस्थलको भूमिपूजन गरिएको छ । अक्षय तृतीयाको शुभ साईतको अवसर पारेर आज पल्पसा सभागृह परिसरमा संघका अध्यक्ष कृष्ण कटुवाल, पूर्व अध्यक्ष जीवनकाजी माकाजु श्रेष्ठ, पूर्व अध्यक्ष एवम् नेउवामहासंघका केन्द्रीय सदस्य अरुणराज सुमार्गी र...
प्रहरीको निशानामा ट्याक्सी, एक घण्टामा नै २५ भन्दाबढी कारवाहीमा
ललितपुर । ललितपुर ट्राफिक प्रहरीले मंगलबारदेखि ट्याक्सीको मिटर अनुसार गन्तब्यमा जान नमान्ने ट्याक्सी चालकलाई कारवाही सुरु गरेको छ । प्रहरीले अभियान चलाएरै काम थालेको हो । ट्याक्सी चालकहरुले मिटरमा जान नमानेको, अत्यधिक रकम मागेकोजस्ता गुनासा पर्न थालेपछि कारवाही अभियान सुरु गरेको हो । मंगलबार बिहानबाट अभियान सुरु गरिएको र...
छपन्न बर्षपछि लागू भयो भिक्षा निषेध कानून
पूर्णप्रसाद मिश्र काठमाडौँ – नेपालको कानून दैवले जानून् भन्ने उखानलाई चरितार्थ गर्दै एउटा कानून बनेको ५६ वर्षपछि पशुपतिनाथ मन्दिर परिसरबाट लागू हुन थालेको छ । विसं २०१८ चैत २९ गते राजा महेन्द्रबाट लालमोहर लागेको भिक्षा माग्ने निषेध ऐन पशुपतिनाथ मन्दिर परिसरबाट लागू भएको हो । भिक्षा माग्ने प्रथालाई निषेध...
इन्धन बोक्ने ट्यांकरमा एक सय ६० किलो गाँजा बोक्ने मकवानपुरका दुई पक्राउ
काठमाडौं–एक सय ६० केजी अवैध लागू औषध गाँजासहित २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी १ सय ६० केजी अवैध लागू औषध गाँजासहित मकवानपुर थाहा नगरपालिका वडा नम्बर ११ का २२ वर्षीय सोमबहादुर थोकर र सोही जिल्ला कैलाश गाउँपालिका...
जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघको मिलेमतोमा ‘मनकामना मन्दिरमा लुट’
– पूर्णप्रसाद मिश्र गोरखा । मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ । गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो छ । सँधियारले मन्दिरको जग्गासमेत मिचेका छन् । मनकामना क्षेत्रको विकास निर्माण एवं व्यवस्थापनका लागि...
चौघडा बचत नयाँ भवनमा, मुख्यमन्त्री पौडेलद्वारा उद्घाटन
हेटौँडा, ०२ बैशाख । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ चौघडामा रहेको चौघडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ । आज एक कार्यक्रमकाबिच प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले नवनिर्मित भवन उद्घाटन गरेपछि सहकारीले नयाँ भवनबाटै सेवा सुरु गरेको हो ।...
काठमाडौँको लाजिम्पाटबाट ५० लाख भारतीय नोटसहित २ जना नेपाली पक्राउ
काठमाडौं– प्रहरीले नेपालमा निषेधित ५ सय र एक हजार दरका झण्डै ५० लाख भारतीय रुपैयाँँ समेत २ नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङका सुनिल देव वैश्य, नुवाकोटका चेतबहादुर नेपाली छन् । काठमाडौंको लाजिम्पाट क्षेत्रमा भारतीय नोटको गैरकानूनी कारोबार भइरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी परिसरको टोली त्यहाँ...
मन्त्रीको नाममा बेरुजु !
नेपाल समाचारपत्रका अनुसार, मन्त्री भएका सांसदका नाममा संसद सचिवालयमा बेरुजु देखिएको छ । सचिवालयको आर्थिक प्रशासन शाखामा यस्तो बेरुजुको अभिलेख छ । शाखाका लेखापाल वैकुण्ठ उदासले मन्त्रीहरुले सांसदबापत पाएको रकम फिर्ता गर्नुपर्ने जनाउनुभएको छ । सांसदलाई खातामा पैसा हालिदिने गरेका छौं तर मन्त्री भएपछि प्रधानमन्त्री कार्यालयबाट तलब पाउनुहुन्छ, उदासले...
काठमाडौंमा रेल ल्याउन नेपाल–भारतबीच भयो यस्तो सहमति !
नयाँ दिल्ली–प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच काठमाडौंदेखि रक्सौलसम्म विद्युतीय रेलमार्ग निर्माण गर्ने सहमति भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली र मोदीबीच भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएको हो । सहमतिअनुसार पहिलो चरणमा भारतको आर्थिक सहयोगमा नेपाल सरकारसँगको सहकार्यमा एक वर्षभित्र प्रारम्भिक सर्वेक्षण...
मनहरी बजारमा १६ वटा सीसी क्यामेरा जडान एआइजी घिमिरे भन्छन्–‘लागूऔषधमुक्त मनहरी बनाऔँ’
शिवकुमार काशी / मनहरी–पश्चिम मकवानपुरको मनहरी बजारमा १६ वटा सीसी क्यामेरा जडान भएको छ । जडित क्यामेराको ३ नं प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरेले उद्घाटन गरेका छन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै घिमिरेले भने–‘सुन्दर र सुरक्षित मनहरी मात्र होइन, लागूऔषधमुक्त मनहरी हुनु पनि जरुरी छ ।’...










