डान्स र अभिनय सिक्न काठमाडौँ धाउनु पर्दैन

बिक्रम लुङ्वा, मकवानपुरमा डान्सका प्रशिक्षक हुन् । ओपेरा इन्फोटेन्मेन्ट सिने प्रा.लिमार्फत् उनले मकवानपुरमा डान्स सिकाउने काम गरिरहेका छन् । जीवनको १५ बर्षदेखि उनले इच्छुकहरुलाई डान्स सिकाउँदै आएका छन् ।
मकवानपुर गढीमा २०४४ मा जन्मिएका उनी यो क्षेत्रमा क्रियाशील भएर लागिरहेका छन् । उनी कुशल कुशल नृत्य ( डान्स ) प्रशिक्षक हुन् । करिब एक दर्जन भन्दा बढी नेपाली म्युजिक भिडियो मार्फत् आफ्नो क्षमता प्रर्दशन गरिसकेका छन् । बैश मेरो पानीजस्तै, नविन के भट्टराईको दोबाटोमा कुरिरहेँ जस्ता बोलको गीतमा उनले मोडल र निर्देशनको भूमिका निभाएका छन् ।
नेपालका भिभिन्न स्थान तथा भारतको बिभिन्न सहरमा समेत आफ्नो प्रस्तुति देखाएर सम्मानित तथा पुरस्कृत समेत भैसकेका उनी कलाकारिता आफ्नो जीवन भएको बताउँछन् । त्यति मात्र हैन , मकवानपुरमा टेलिचलचित्र तथा चलचित्र निर्माणको पहिलो अनुमति पाएको ओपेराले मकवानपुरमा अभिनय सिकाउने, संगितको विधा गितार बजाउन सिकाउने जस्ता काम समेत गरिरहेको छ । उनको सस्थामा पुग्दा त्यहाँ डान्स तथा अभिनय सिक्न आउनेको भीड लागेको देखिन्छ । उनकोमा अहिले ४० भन्दाबढी विद्यार्थीहरु अभिनय, नृत्य सिक्नका लागि आउने गर्दछन् ।
नेपालमा केहि हुन्न भन्ने जमात बढ्दो रहेको बेला उनले आफ्नै सिपलाई सस्थागत गर्दै नेपालमै केही गर्न सकिने उदाहरण प्रस्तुत गरिरहेका छन् । नेपालमा कलाकारिताको बजार व्यवसायिक हुन नसकेको दुख उनमा पनि छ । उनले आफ्नो घरपरिवार यहि पेशाबाट सन्तुष्ट पार्न सकेका छन् । नृत्य, अभिनय जस्ता कुराहरु सिक्न सबै राजधानीनै पुग्नु पर्ने बाध्यता हटाउने उनको अभियान छ । उनी आफ्नो अभियानमा सफल हुन सकून्, तु खबरको पनि शुभकामना छ ।