कोभिड – १९ फैलाउने सरकार

अमृत बर्तौला
२०७७ श्रावण २९, बिहीबार ११:२१

अचम्म लाग्यो होला शीर्षक पढ्दा तपाईहरुलाई लागेको सत्य हो, किनकि नेपाल राज्यमा कोभिड उत्पत्ती भएको होइन । उत्पत्ति यहीँ भएको होइन भने त्यसको अन्त्य सुनिश्चित थियो त्यसको अन्त्य गर्नको निमित्त ध्यान नपुर्याउनाले गर्दा, आज कोभिड फैलिरहेको छ  । कोभिड फैलिनुको प्रमुख जिम्मेवारी लिनै पर्छ अहिलेको सरकारले, प्रधानमन्त्रीले, स्वास्थ्यमन्त्रीले, मन्त्रिमण्डल लगायतका तह र तप्कामा बसेका हरेक व्यक्तिले ।

समाज जति सप्रिन्छ, समाज जति बिग्रिन्छ त्यसको जिम्मा जो जति तप्कामा छन् त्यति नै भागमा पर्दछ । आजसम्म समाजमा बनेका हरेक कुराहरु कसको पालामा सुरुवात भएको छ र कसको पालामा बनेका हुन् भनेर भन्ने गरिन्छ भनेपछि समाज बनाउनका निमित्त को तह र तप्कामा छन् त्यही ब्यक्तिको भूमिका रहन्छ भन्ने कुरा प्रष्ट छ ।

राम्रा भएका मात्र सरकारले गरेका नराम्रा भएका र आफूले ध्यानदिन नसकेर बिग्रिएका कुराहरु अरुले गर्दा भन्नु कति सम्म जायज हो ? मैले भनिराख्नु नपर्ला किनकि घाम जस्तै सबैमाझ छर्लङ्ग छ । डर पोक सरकारले डर देखायो सबै तर्सिए । अब बहस गरौं सरकारले कसरी ध्यान दिएन र सरकार नै कोरोना फैलाउने प्रमुख अस्त्र कसरी बन्यो ? सरकारले लकडाउन सहि समयमा गरेर दुरदर्शिता त देखायो तर लकडाउन पछि आफ्नै दुरदर्शिता हेरर मख्ख परेर मात्र बस्यो सँगसँगै भ्रष्टाचारमा लिप्त हुन समेत भ्यायो ! सुरुवातमा बढीमा २ महिना लकडाउन गर्दा पुग्ने अवस्थामा आर्थिक चलखेल र सत्ता लुछाचुँडिमा ब्यस्त रहयो ! समय घर्किएछपछि, ढुकुटी चर्किएछपछि तीन महिना बित्दै गर्दा करको करकर सुरु गर्यो र फेरि तर्सायो कोरोना मानसिक तनाबमा अर्को तनाब थपेर, जनता चुप छन भन्ने बुझाईमा छ सरकार,हिसाबकिताबको अंशबण्डा जनताले गर्छन मात्र यति हो सरकार जनतामा सहनशीलता धेरै छ ।

एक महिना लकडाउन त्यो ३० दिन के कति कहाँ कहाँ छन् लक्षण र कसरी ब्यवस्थापन गर्ने भन्नेमा ध्यान दिनुपर्नेमा आफै ध्यान बस्यो सरकार र चिम्लिएर भन्यो बेसार पानी बेसरी कोरोना गायब । हाँसे सबै सांसद ताली बजाए , जनता कोहि हो मा हो मिलाए कोहि गिज्याउँदै अब पर्ख र हेर बाहेक केही रहेन भन्दै बस्नुपर्ने बाध्यतालाई सिरानी हालेर सुते । अर्को एक महिना सबैलाई खटाउने र खटिने समय थियो ! सरकारले उर्दी जारी गर्दै हरेक वडा कार्यालयले हरेक वडामा क्वारेन्टाइनको ब्यवस्थापन गर्नु पर्नेछ , सरकाले सुरक्षाका साथ हरेक दिन २००-३०० बस परिचालन गर्दै वडामा पुर्याउने छ ! अवस्था गम्भीर छ बस्ने उत्कृष्ट ब्यवस्थापन सरकारले गर्नेछ खुवाउन तात्तातो घरैबाट ल्याउनु होला भन्दिएको भए ? हरेक ब्यक्तिको बाँच्न पाउने अधिकारको शुरक्षाको अनुभूति गराएको भए, कसैले महाकाली हामफाल्नु पर्ने थिएन , कसैले रातिराति चोरबाटो खोज्नु पर्ने थिएन, ढुक्कसँग हरेकले म नेपाली हुँ, सरकारलाई सहयोग गर्नु मेरो कर्तव्य हो भन्दै सुरक्षित क्वारेन्टाइन आइसोलेसनमा बस्ने थिए । नबसे सरकारले दण्ड जरिवाना हरेक गर्न सक्ने अधिकार लिएर बसेकै थियो ।

हरेकलाई दिनको यति बजे हरेक दिन यी ठाँउहरुबाट उद्वार गरिने छ , हिडेर आउने, साइकलमा आउने, गाडिमा आउने ,प्लेनमा आउने हरेकको उद्वार उचित ढंगले गरिने छ भनेर गरेको भए । उद्वारमा खटिनुहुने हरेकलाई प्रोत्साहन गर्दै बिमा , तलब भत्ता बढोत्तरी र आ–आफ्नो कार्यमा मात्र रहनु भएका हरेक कर्मचारीबाट मासिक हजार, ब्यवसायीबाट सकेको सहयोग र प्रत्येक ब्यवसायीसँग करमा थप रु एक हजार गरिने छ, सबै नो माक्स, नो सेनिटाईजर मात्रमा परेको भए अहिले कति बच्ने थियो , ब्यक्तिको अनि देशको ।

अहिले बिदेशबाट आउनेको मात्र रक्षा गरेको भए स्वदेशीहरु देशमा परिश्रम र सेवा गरि रहेका हुन्थे । आगो निभाउन कि पर्गेल्नु पर्दछ, कि पानी खन्याउन, पानी खन्याउन सक्दिन भन्ने थाहा हुँदाहुँदै पानी खन्याएर निभाउन खोज्ने सरकार मुर्दावाद ! आज छुट्याइएको, पर्गेलेको भए सल्किने थिएन आगोरुपी कोरोनाको महामारी । धिक्कार छ ! देश स्याहार्ने बेला पाहुना स्याहार्ने स्वास्थमन्त्री ज्यू, धिक्कार छ ! गर्न दिएनन् भनेर घरमा सुतेर सपना समेत देख्न नसक्ने सरकारलाई । धिक्कार छ ! गर्न खोजेका बेढ्ङीहरुलाई । अन्त्यमा म बबुरोलाई माफ गरिदिनुहोला मनमा लागेको र छर्लङ्ग देखेको यी हातले लेखेको मात्र हुँ । फेरी कलममा बिर्को लगाउन आउलान तानाशाहहरु । अनि फेरी जाग्नेछन् जनता अनि गलहत्याएर पुर्याउनेछन् उहीँ तानाशाहको टोकरीमा फोहोरको पोको पारेर । आउने छ दिन , नफर्किने समयको परिवर्तित सुइ सँग आशाको किरण बोकेर देशभक्ती , जाग्ने छ बिहान सुर्यभन्दा अगाडी, अस्ताउने सुर्य हेरेर नअस्ताउने आशा, चल्न नछोड्ने हावाको बेगझै बदल्ने छ मेरो देश नेपाल !

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*