मध्य नाइजेरियामा १४ जनाको हत्या

एजेन्सी
२०७७ श्रावण १५,बिहीबार १४:३९

बन्दुकधारीको एक समूहले नाइजेरियाको कोगी राज्यमा आक्रमण गरी १४ जना गाउँलेको हत्या गरेका छन् ।

राज्यका प्रहरी प्रमुख एडी आयुबाका अनुसार मारिएकामध्ये १३ जना एकै परिवारका सदस्य छन् । उनीहरु कोगी प्रान्तको आग्बुडु गाउँका निवासी रहेको पनि आयुबाले जानकारी दिए ।

प्रहरी प्रमुख आयुबाले बन्दुकधारीको आक्रमणका कारण अरु ६ जना गम्भीर घाइते भएका छन् । आक्रमण गर्नुको खास कारण अझै थाहा हुन सकेको छैन ।

हत्या गरिएका सबैलाई बन्दुकको गोली लागेको छ ।

प्रहरी प्रमुख आयुबाले सुरक्षाकर्मीहरु उक्त गाउँमा पुग्नुअघि नै आक्रमणकारीहरु फरार भएको बताए ।

उनले घटनाको अनुसन्धान सहित आक्रमणकारीको खोजी भइरहेको जानकारी दिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*