अधिवक्ता स्वागत नेपालसहित सबै जना रिहा
काठमाडौँ । असार १५ गते नेपाल प्रहरीले पक्राउ गरेका स्वतन्त्र राष्ट्रिय अभियानका संयोजक अधिवक्ता स्वागत नेपालसहित सबै १२ जनालाई रिहा गर्न सर्वोच्च अदालतले हिजो आदेश दिएपछि उनीहरु सबै जना रिहा भएका छन् ।
एमसीसीलगायतका राष्ट्रघाती सम्झौताहरुको विरोध गर्ने क्रममा असार १५ गते माइतीघर मण्डला तर्फ जाने क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरी झुठा मुद्धा लगाएको थियो । त्यस विरुद्ध बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भएको थियो ।
सो रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र तेजबहादुर केसीको इजलासले पक्राउ गैरकानूनी देखिएकोले थुनामुक्त गर्न आदेश दिएपछि उनीहरु रिहा भएका हुन् ।
नेपालसहितकाको तर्फबाट १ सय १० जना अधिवक्ताहरुले बहस गरेका थिए ।
