नेकपा स्थायी कमिटी बैठकमा सातबुँदे एजेण्डा तय

तु खबर संवाददाता
२०७७ असार १०, बुधबार १५:०९
file photo

काठमाडौं । सत्तारुढ नेकपा कम्युनिस्ट (नेकपा) स्थायी कमिटी बैठकले सातबुँदे एजेण्डा तय गरेको छ ।

बैठकले अध्यक्षद्वयले अहिलेको सन्दर्भमा बैठकको प्रारम्भमा मन्तव्य, कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारबारे छलफल गर्न, सीमा समस्या र समाधानबारे, सरकारको कामको समिक्षा, पार्टी कामको समिक्षा र सांगठिनक एकताको र्पूणता, एमसीसीबारे एजेण्डा तय गरेको छ ।

साथै एक महिना अघि भएको रुकम घटना, नागरिकता विधेयक, सांसद र प्रदेशसभा सदस्यको बैठक भक्ता नलिने विषयबारे पनि एजेण्डा तय गरेको छ ।

नेकपाको अर्को बैठक असार १२ गते बस्ने तय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपा स्थायी कमिटीको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारको बसेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*