‘कम्युनिष्टहरुले भारतसंग सम्बन्ध कट् गरेर देशलाई चिनियाँको झोलामा लान चाहेका छन्’
मकवानपुर । राष्ट्रिय सभाका सदस्य जितेन्द्र नारायण देवले कम्युनिष्टहरुले भारतसंगको सम्बन्ध कट् गरेर देशलाई चिनियाँको झोलामा लान चाहेको आरोप लगाएका छन् ।
नेपालको भारतसंगको बैबाहिक सम्बन्ध जबरजस्ती तोडनुपर्छ भन्ने कम्युनिष्ट सरकारको मानशिकतानै गलत र खोक्रो भएको उनको भनाई छ ।
मधेशवादीको संस्कृति, परम्परा र बैबाहिक सम्बन्ध कुनै पार्टीले तोड्न नसक्ने र सरकारले जबरसस्ती लाद्न खोजेमा मलुक राजनीतिक दूर्घटनामा पर्ने निश्चित भएको उनले चेतावनी दिए ।
बिहारी र मधेशीसंगको सम्बन्ध तोड्न खोज्ने कम्युनिष्टहरुको मानशिकता मण्डले मानशिकता भएको उनको आरोप
छ ।
कम्युनिष्टहरु उग्रबामपन्थी भए, सामन्तबादलाई मलजल गरे, मुलुकमा आगो लगाउने काम गरे – उनले आक्रोश व्यक्त गरे ।
सरकारको गतिविधि काँग्रेस र मधेशवादी दलहरुलाई चित्त बुझ्दो नभएको भन्दै उनले राजनीतिक दूर्घटनाको क्रममा गणतन्त्रनै पल्टनसक्ने चेतावनी दिएका छन् ।
राजनीतिक दूर्घटनातर्फ मुलुकलाई उत्प्रेरीत गरेर गणतन्त्र पल्टाउने कार्यको अगुवाई नगर्न उनले कम्युनिष्टहरुलाई आग्रह गरेका छन् ।
