कर निर्धारणको विषयमा केही समस्या भयो – जितेन्द्र नारायण देव
मकवानपुर । राष्ट्रिय सभा सदस्य जितेन्द्र नारायण देवले आर्थिक विधेयकमाथिको दफावार छलफलका क्रममा बोल्दै नेपाल सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई कर निर्धारणको विषयमा केही समस्या भएको भन्दै सुधार गर्न माग गरेका छन् ।
उनले पूर्वाधार विकास कर घटाइनुपर्ने माग गरेका छन् ।
सरकारले पूर्वाधार विकास कर अन्तरगत पेट्रोल र डिजेलमा प्रतिलिटर १० रुपैँया कर लिनु स्वभाविक नभएको उनको भनाई छ ।
कृषि मल खाद्यमा पनि कर बृद्धि भएकोमा उनले आपत्ति जनाएका छन् ।
कृषि वीउवीजनको सन्दर्भमा तय गरिएको कर पनि कृषकलाई कृषि क्षेत्रमा लाग्न उत्साह नमिल्ने खालको भएको उनको भनाई छ ।
विद्युतीय गाडिको भन्सार महशुल बृद्धि भएको विषयमा समेत उनले अर्थमन्त्री अतिवडासंग जवाफ माग गरेका छन् ।
