बुधबार कुवेत र बंगलादेशबाट ३०५ जना नेपाली स्वदेश फर्किए
काठमाडौं । कुवेतबाट र बंगलादेशबाट बुधबार ३०५ जना नेपाली स्वदेश फर्किएका छन् ।
बुधबार कुवेतबाट १५० जना र बंगलादेशबाट १५५ जना नेपाली काठमाडौं आइपुगेका हुन् ।
कुवेतमा आममाफीमा सहभागी १५० जना महिलालाई कुवेत सरकार आफैँले खर्चमा नेपाल फकाएको थियो । यसरी फर्काइने नेपालीको कोरोना परीक्षण पनि कुवेत सरकारले नै गरिदिएको छ ।
यसअघि ३ उडानमार्फत ४४८ जना कुवेतबाट नेपाल आइसकेको छन् ।
यस्तै, बंगलादेशबाट १५५ जना नेपाली काठमाडौं आइपुगेका छन् । त्यहाँ समस्यामा परेका नेपाली हिमालय एअरलाइन्सबाट केहीबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।
फर्कनेमा ३६ महिला ११९ पुरुष र २ जना दुई वर्ष मुनीका बालबालिका रहेका छन् ।
यसअघि शुक्रबार ढाकाबाट २५८ जना नेपाली स्वदेश फर्किएका छन् ।
