कर्णाली प्रदेशमा ३३ अर्ब ७४ करोडको बजेट

तु खबर संवाददाता
२०७७ असार १, सोमबार १५:५३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गरेको छ । सोमबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले आव ०७७/७८ को बजेट प्रस्तुत गरेका हुन् ।

मन्त्री ज्वालाले प्रदेशमा आर्थिक वर्ष २०७७/७८ का लागि कुल ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैंयाको बजेट सार्वजनिक गरेको हो ।

कुल बजेटमध्ये चालुतर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार (५७ प्रतिशत), पुँजीगततर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख (९ प्रतिशत) रुपैंया बजेट विनियोजन गरेको हो ।

उक्त बजेटमध्ये आन्तरिक राजश्वबाट ३० करोड ६ लाख ५३ हजार रुपैंया, यो वर्ष खर्च नभइ बाँकी रहेको ११ अर्ब १९ करोड ९ लाख ८५ हजार रुपैंया, संघीय सरकारबाट प्राप्त हुने ७ अर्ब ३९ करोड ५६ लाख रुपैंया, वित्तीय समानीकरणबापत प्राप्त हुने ९ अर्ब ६३ करोड २९ लाख रुपैंया तथा सशर्त अनुदानतर्फ प्राप्त हुने ४ अर्ब ४९ करोड ११ लाख रुपैंयालाई प्रोतको रुपमा देखिाइएको छ ।

कर्णाली प्रदेशले ल्याएको यो बजेट अघिल्लो वर्षको बजेटभन्दा केही सानो आकारको हो । अघिल्लो वर्ष अर्ब सो प्रदेशले ३५ करोडको बजेट ल्याएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*