संविधान संशोधन विधेयकमा सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत

तु खबर संवाददाता
२०७७ जेष्ठ ३१, शनिबार १३:४७

संविधान संशोधन विधेयकमा समाजवादी पार्टी कि सांसद गरिता गिरीले राखेको संंशोधन प्रस्ताव नेपाल सरकारका सभामुख अग्नी प्रसाद सापकोटाले अस्वीकृत भएको घोषणा गरेका छन् ।

समाजवादी पार्टीले नयाँ नक्साअनुसार नेपालको निशान छाप परिर्वतन गर्ने संविधान संशोधन विधेयकको पक्षमा मत दिन सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

तर सांसद गिरिले भने पार्टीको निर्णय विपरीत प्रस्ताव अधि सारेकी थिइन् । सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर जारी गरेको नयाँ नक्सा जारी अनुसार नक्सा निशान छापमा राख्न संविधान संशोधन विधेयक ल्याएको छ । यसमा समाजवादीकी सांसद गिरीले मात्र संशोधन दर्ता गरेकी थिइन् ।

अहिले संसदमा पूर्व प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*