भिसाको अवधि सकिएर पनि काम गरिरहेका नेपालीलाई १४ दिनको समय

तु खबर संवाददाता
२०७७ बैशाख २३,मंगलवार १८:०८
file photo

काठमाडौं । मलेसिया सरकारले अवैध रूपमा बसेर काम गरिरहेका विदेशी कामदारहरूलाई स्वदेश फर्कन १४ दिनको समय दिएको छ ।

सरकारले भिसाको अवधि सकिए पनि मलेसियामै रहेर काम गर्दै आएका कामदारलाई स्वदेश फर्कन उक्त समय दिएको मलेसियास्थित नेपाली दूतावासले जनाएको छ ।

दुतावासका अनुसार, १ जनवरीदेखि भिसा सकिएकालाई आउँदो १२ मेदेखि २६ मेसम्म १४ दिनको स्वदेश फिर्ताको समय दिइएको हो ।

मलेसिया सरकारले स्वदेश फर्कन दिएको अवसरका बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको दूतावासले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*