आज अन्तराष्ट्रिय श्रमिक दिवस
मे १ अर्थात अन्तराष्ट्रिय श्रमिक दिवस तीन आठको मागसहित सुरु गरेको आन्दोलनको सम्झनामा हरेक बर्ष यो दिवस मनाईने गरिन्छ ।
इतिहॉसलाई पल्टाएर हेर्दा झण्डै १ सय ३४ वर्ष अघि अमेरिकाको सिकागो शहरमा श्रमिकहरुले आफ्नो वर्गीय हितको माग राखेर सॅघर्ष शुरू गरेका थिए । उनिहरुको सॅघर्षमा हिंसात्मक दमन भएपछि मे १ को सॅघर्षलाई अन्तराष्ट्रिय श्रमिक दिवसको रूपमा मनाउन थालियो। श्रमिकको लामो सॅघर्षपछि ८ घण्टा काम ८ घण्टा आराम ८ घण्टा मनोरन्जनको मागले सफलता पाउन थाल्यो त्यसपछि मे १ लाई ऐतिहासिक श्रमिक सॅघर्षको ऐतिहासिक दिनका रूपमा सम्झना गर्न थालियो । सन् १८८४ मा फ्रेडरेसन फर अर्गनाईज ट्रेड एण्ड लेवर युनियनले सन् १८८६ को मे १ देखी श्रमिकहरूले ८ घण्टा मात्र काम गरेपुग्ने घोषणा गर्यो। सो घोषणा लागु गर्न श्रमिकहरूले आमहडतालको आयोजना गरे। यस अघि श्रमिकहरूले १० देखी १४ घण्टा सम्म काम गर्नु पर्दथ्यो। सन् १८८६ मे १ का दिन अमेरिकामा २ लाख ५० हजार श्रमिकहरू आफना अधिकारका निम्ती एकै दिन सडकमा उर्लिए।
जुन आन्दोलनले पॅुजिवादको अन्त्य गरेर समतामुलक समाज बनाउन चाहेको घोषणा गरियो र वर्ग ,जात र लिङ्गका आधारमा हूने भेदभावको अन्त्य हुनेगरी शोषित श्रमिक वर्गको हकको सुरक्षाका निम्ति थियो। यसकारण मे दिवस इतिहॅास सम्झनका लागी मात्र मनाउने होईन सबै गरीखाने श्रमिकवर्गको हक हित र अधिकारका निम्ती एकजुट हुन पनि मनाईने प्रेरणादायी पर्व हो। इतिहॅासको गतीसॅगै गरिखाने हॅुदामात्र खाने वर्गको सॅघर्ष जारी नै छ। श्रमिकवर्ग आफ्ना हक अधिकारका लागी सॅगठित, सचेत र सॅघर्षशिल हुन जरूरी छ।
नेपालमा पहिलोपटक २०१९ सालमा मे दिवस मनाउने परम्परा नेपाल मजदुर सॅगठनले गरेको थियो। पंचायती शासनका बिरूद्द मजदुरहरूले मे दिवस मनाएका थिए। वि. स.२०३२ सालमा बिद्दार्थी र होटल श्रमिकहरुले बिभिन्न कार्यक्रम गरी मे दिवस मनाए। त्यसैगरी २०३६ देखी २०४६ सम्म प्रहरी प्रशासनका आंखा छल्दै अस्तित्वमा रहेका देशैभरीका युनियनहरूले जुलुस, आमसभा, गोष्ठी,भेला, पर्चा बितरण जस्ता कार्यक्रमहरू आयोजना गरी मे दिवस मनाईयो। यसरी मे दिवस मनाउॅदै गर्दा कयौं श्रमिकहरु दण्ड जरिवानाको भागीदार बने त कति जेलमा कोचिए। तर जे जस्तो समस्या आईपरेपनि श्रमिकहरूले मे दिबस मनाउन भने छोडेनन्। प्रतिबन्धित अबस्थामा पनि कुनै न कुनै रुपमा मे दिबस मनाईयो। वि. स. २०४६ पछि भने देशमा प्रजातन्त्र आएकोले २०४७ सालको मे दिवस भब्य रूपमा देशैभरी मनाईयो।
पहिलोपटक सरकारले पनि मे दिवसका दिन सार्बजनिक बिदा दिएको थियो। यसरी कयौं मे दिवस मनाईरहॅदा श्रमिकका हक हित र अधिकारका निम्ती थुप्रै उपलब्धीका कामहरु भएका छन्। देशमा श्रमिक वर्गलाई लक्षित गरी श्रम ऐन बनेको छ। श्रमजिवी वर्गको सम्मानित ,समृद्द र श्रृजनशिल जिवनका लागी नेपाल ट्रेड युनियन महासॅघले नेतृत्वदायी भुमिका खेलेको छ र आगामी दिनमा पनि खेल्ने नै छ। अझैपनि धेरै श्रमिकका मुद्दा सम्बोधन हुन बॉकी नै छ। आशाा गरौं सम्पुर्ण श्रमिकका मागहरु सम्बोधन हुनेछन्।
यसरी बिश्वब्यापी रुपमा धेरै बर्ष अघिदेखी मनाउॅदै आईरहेको मे दिवस आज कोरोना भाईरसका कारण भिन्दै तरिकाले मनाउनु परेको छ। आजको सन्दर्भमा हामी सबै बन्दाबन्दीको अबस्थामा छौं त्यसैले छुट्टाछुट्टै रहेर आआफ्नै बास स्थानमा मे दिबस मनाउनु परेको छ। जिन्दगी बचाउनका निमित्त रोजगारी गुमाउनु परेको अबस्था छ। संसारभरी रहेका करोडौं श्रमिकहरूले आफ्नो राजगारी गुमाई जिवनयापन गर्न कठिन बनेको परीस्थिती हाम्रो सामु छ। बिश्वको २.७ अरब श्रमशक्त्तिको रोजगारी कोभिड १९ का कारण उत्पन्न आर्थिक सॅकटले जोखिममा छ। स्वरोजगार धेरै भएको बिकाशशील देशहरुमा अहिले यो दुष्प्रभाब केही कम छ तर महामारीका कारण बन्दाबन्दीको स्थिती अझै बढ्न सक्ने देखीएकोले हाम्रो जस्तो मुलुकमा बिकराल अवस्था श्रृजना हुने अनुमान गर्न सकिन्छ।
आजै काम गरीखाने बर्ग ,न्युन आय भएका श्रमजिबी वर्गलाई यो बन्दाबन्दीले भोकभोकै मर्नुपर्ने अबस्था श्रृजना गरिदिएको छ। यि सबै समस्याका बाबजुद पनि कोरोना महामारीको कहर त छॅदैछ, यो महामारीलाई परास्त गर्न एकान्तबास बाहेक अरू कुनै बिकल्प छैन। १८६६मा काल मार्क्स र फ्रेडरिक एङेग्ल्सले श्रमिकबर्गका हक अधिकार प्राप्त गर्न सम्पुर्ण श्रमिकहरु एक हौं भन्दै सॅगठित गर्न शुरू गर्नु भएको श्रमिक वर्ग अहिले कोरोना महामारी बिरूद्दको लडाईमा पनि एक हुने नै छ। सन् १८७२ मा फ्रान्समा सत्ता ढालेको श्रमिक, वि। स। २०४६ र २०६२र६३ राजनैतिक परीबर्तनका लागी देश र जनताको हक अधिकारका निम्ती आन्दोलनको बिगुल फुकेर लडेको श्रमिक आफना प्राप्त उपलब्धीको रक्षा गर्न जान्दछ। देश बनाउने शक्ति भनेकै श्रमजिबी बर्ग हो। श्रमजिवी वर्गको सहयोग ,संलग्नता र सहभागीता बिना देश निर्माण र विकासका कामहरु सम्भव छैनन् त्यसैले सम्पुर्ण श्रमिक वर्गको रोजगारीको र स्वरोजगार श्रमिकको आय सुनिश्चित हुनै पर्दछ। सम्पुर्ण श्रमिक वर्ग सामाजिक सुरक्षामा समेटीनै पर्दछ। जहॉ श्रमिकको सम्मान हुन्छ कामको सम्मान हुन्छ अनि मात्र बन्छ हाम्रो देश नेपाल समृद्द र सुखी नेपाली।
जोशी राष्ट्रिय सौन्दर्यकर्मी यूनियन बागमती प्रदेश कमिटीको सचिव हुन् ।
