उपमेयर लामाद्वारा मामाघर नेपाल मकवानपुरलाई सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामाले मामाघर नेपाल मकवानपुरलाई सहयोग गरेकी छिन् ।
उपमेयर लामाले सडक बालबालिकाको व्यवस्थापन गर्दै आएको मामाघर नेपाललाई खाद्यान्न सामान सहयोग गरेकी हुन् ।
उनले सरकारले जारी गरेको लकडाउनको समयमा समस्या नपरोस् भनेर मामाघर नेपाललाई ५ बोरा चामल, १० किलो दाल र १ कार्टुन तेल सहयोग गरेको मामाघर नेपाल मकवानपुरले जनाएको छ ।
