राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश खारेज
काठमाडौं । सरकारले यही बैशाख ८ गते ल्याएका दुई वटै अध्यादेश खारेज भएका छन् । शु्क्रबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश खारेज गरेकी हुन् ।
सरकारले राजनीति दल विभाजन र संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश जारी गरेको थियो ।
जारी गरेको अध्यादेश विवादास्पदमा आएपछि शुक्रबार बसेको मन्त्रीमरिषद् बैठकले खारेज गर्ने निर्णय गरेको थियो ।
सोही अनुरुप राष्ट्रपति भण्डारीले औपचारिक रुपमा दवै अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
